२८ आश्विन २०८३, बुधबार | October 14, 2026

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते



सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । धरान-इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका-२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो ।

धरानबाट इटहरीतर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा परी गाडी चालक धरान-१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान-१६ का सुमन आचार्य गम्भीर घाइते भएको थिए । दुवैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा राति करिब १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खड्काले बताए ।

दुर्घटनामा घाइते भएका धरान २० का पदम राईको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ८ : १२ बजे

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो

लालटिन सहकारीको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा गैरे

बुटवल । लालटिन बहुउद्देश्यीय सहकारी संस्था, बुटवल-११ को एघारौं वार्षिक

साँझपख झनै चम्कन्छ भानुचोक

सुनसरी । चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । बेलका नगरपालिका-१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती