१५ माघ २०८२, बिहिबार | January 29, 2026

हुम्लाको हिल्सा क्षेत्रमा पर्ने कर्णाली नदीको पानी जम्यो, जनजीवन कष्टकर



हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेको छ ।

तापक्रममा भारी गिरावट आइ नदीमा हिउँ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र त्यहाँका घर कुरुवालाई समस्या भएको छ । हिल्साको अहिलेको तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ ।

नाम्खा-५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए ।

उनका अनुसार नदीमा पानी नदेखिएर बरफ सेताम्मे देखिएको छ । यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ ।

नदीमा जमेको बरफमाथि चाहेमा वारपार गर्नसमेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए ।

उक्त ठाउँका घरहरु कर्णाली नदी नजिकै रहेकाले पनि चिसो हावाको वेगले बसिनसक्नु भएको उनको भनाइ छ ।

नारा लेकका हिमालहरुले घेरिएकाले हिल्सा बजार एउटा कोप्चो जस्तै भू-भाग भएकाले घामसमेत नलाग्ने गरेको हो । त्यसैले उक्त क्षेत्रमा नियमित घाम नलाग्ने र बिहानैबाट हावा चल्ने गर्दछ ।

अत्यधिक चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ । सशस्त्र प्रहरी निरीक्षक केसीले भने, “तातो पानी तताएर हालेपछि मात्र धाराको पानी आउँछ, चिसोका कारण हातमुख धुन पनि कठिन भएको छ, अत्यधिक चिसोको कारण बिहान ११ नबज्दासम्म बाहिर निस्कन सकिँदैन ।” रासस

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ७ : ५८ बजे

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी