३ पुस २०८२, बिहिबार | December 18, 2025

रहेनन् ‘स्वनाम साथी’



काठमाडौं । नेपाली वाम आन्दोलनका वरिष्ठ नेता स्वनाम साथीको निधन भएको छ।

केहि दिनदेखि मोडल अस्पताल काठमाडौमा उपचारमा रहेका स्वनामको शुक्रबार राती ९ बजे निधन भएको स्वनामको पारिवारीक स्रोतले जनाएको छ ।

लामो समय मिर्गौला रोगबाट पीडित भएका उनलाई पछिल्लो कोरोना संक्रमण समेत भएको थियो । निमोनियासँगै कोरोना संक्रमण भएपनि उनी आइसोलेसनमा बसेर कोरोना मुक्त भईसकेका थिए । केही दिनदेखि बिरामी भएका उनले मोडलमा उपचार चलिरहेको थियो। उपचारका क्रममा आज साँझ उनको मृत्यु भएको हो ।

जिवनमा लामो समय सक्रिय वामपन्थी आन्दोलनमा क्रियाशील स्वनामले पछिलो समय सीमा बचाऔँ अभियान चलाईरहेका थिए ।

म्याग्दीमा जन्मेका स्वनाम उनले वामपन्थी राजनीतिका लागि राखेको नाम हो । म्याग्दीको अर्मनमा १७ साउन २००७ मा जन्मेका उनको वास्तविक नाम शशी शेरचन हो । उनी २०२५ सालदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ११ : ०३ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको