२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

संगीतकर्मी संघ रुपन्देहीद्धारा अनाथ आश्रममा रहेका विद्यार्थीहरुलाई पोशाक प्रदान



बुटवल । राष्ट्रिय संगीत कर्मी संघ रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा संचालित रामचन्द्र मैनादेवी अनाथ आश्रममा रहेका विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको छ ।

गीत संगीत संगसंगै सामाज सेवालाई पनि अगाडी बढाउने उद्देश्यले पपोशाक वितरण गरिएको संस्थाकी अध्यक्ष दुर्गा नेपालले बताए । पोशाक वितरण समारोहमा बोल्ने वक्ताहरुले अनाथ तथा असहाय वालवालिकाको भाषामा परिवर्तन गर्न माग गरेका छन ।

परिवारवाट पीडित वालवालिकालाई थप पीडा हुने गरि भाषा प्रयोग गर्दा हिनतावोध हुने भएकाले आगामी दिनमा त्यस प्रकारका भाषामा परिवर्त गर्न सुझाव दिएका छन ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीनारायण पाण्डेले सामाजिक क्षेत्रमा काम गर्दा प्रतिफलको आशा गर्न नहुने धारणा राखे । कार्यक्रममा संगीत कर्मी ओम ज्ञवालीले ४५ सय रुपैयां नगद, दया भण्डारीले २१ सय नगद र राजविर जैसवालले ९ जोर जुत्ता प्रदान गरेका थिए ।

कार्यक्रममा महिला अभियान्ता रीता सेन वली सौगात सायर भगवती पंन्थी दोमोदर बस्याल आश्रमकी अध्यक्ष मैनादेवि भट्रराई लगायतले संस्थाले सामाजिक कार्यमा गरेको कामलाई निरन्तरता दिन माग गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : ३८ बजे

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम

चार लेनको बन्ने भयो धम्बोझी चोकबाट नन्दनी मीलसम्मको हुलाकी सडक

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अधिकांस भागमा

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको