५ असार २०८३, शुक्रबार | June 19, 2026

तिलोत्तमाको शंकरनगरमा रहेको मणिप्रभा सहकारी मर्जरमा जाने



तिलोत्तमा । मणिप्रभा बचत तथा क्रण सहकारी संस्था तिलोत्तमा-३ शंकरनगर अन्य सहकारी संस्थासँग मर्जरमा जाने भएको छ ।

संस्थाको शनिबार आयोजित ११ औं वार्षिक साधारणसभाले यसैवर्ष उपयुक्त सहकारी संस्थासँग मर्ज गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका लागि मर्जर कमिटीलाई साधारणसभाले अनुमोदन गरेको सहकारीका कार्यबाहक अध्यक्ष मानबहादजुर केसीले जानकारी दिए ।
साधारणसभाको उदघाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष दिनेश फुल्लेलले कोभिड-१९ ले अन्य क्षेत्र जस्तैसहकारी क्षेत्र पनि प्रभावित भएको भन्दै सहकारी संस्थालाई बलियो बनाउन पनि मर्जर आवश्यक भएको बताए ।

उनले मर्जरका लागि उपयुक्त संस्थाको खोजी भैरहेको भन्दै अव मर्जर कमिटीले यसबारे गृहकार्य गरी थप प्रक्रिया अगाडि बढाउने बताए । उनले सदस्यहरुको हितलाई ध्यानमा राख्दै सहकारीले आर्थिक गतिविधि अगाडि बढाएको उल्लेख गर्दै यसबाट धेरै सदस्यहरु लाभान्वित भएको बताए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यबाहक अध्यक्ष केसीले संस्थाले ल्याएका बचत योजनालाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र नयाँ बचतका योजनाहरु ल्याइने बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार युवराज न्यौपाने, सचिव खगेश्वर भण्डारी, लक्ष्मण पाठकलगायतले क्रृण र बचतलाई मात्र प्राथमिकतामा नराखी उत्पादन बढाउने दिशातर्फ प्राथमिकता दिन आग्रह गरेका थिए । साधारण सभाका अवसरमा संस्थाका ज्येष्ठ सदस्य उमाकान्त भण्डारी र भगवती बस्याललाई दोसल्ला ओढाइ प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

२०६७ सालमा स्थापना भएको सहकारीको कुल शेयर पुँजी एक करोड २९ लाख ५६ हजार, निक्षेप संकलन ४ करोड ५१ लाख ८९ हजार ६१६ र क्रृण लगानी ५ करोड ३६ लाख ४१ हजार ५०८ रहेको छ । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ४ : ०३ बजे

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको