३१ श्रावण २०८३, आइतबार | August 17, 2026

संसद विघटन मुलुक र पार्टीका लागि दुर्भाग्यपूर्ण : योगेश भट्टराई



नेपालगन्ज । नेकपाको प्रचण्ड नेपाल पक्षका नेता एवं ओली सरकारका पूर्व मन्त्री योगेश भट्टराईले संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेकपा बाँकेको प्रचण्ड नेपाल पक्षले आज नेपालगन्जमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संबिधान विपरित संसद विघटन गरेको आरोप लगाए।

उनले पार्टी एकताको मर्म र भावना विपरित ओलीले देशलाई वर्वादीतर्फ धकेलेको आरोप लगाउँदै पार्टी एकताको बाँकी काम टुंग्याउने बेला बखेडा झिकेर पार्टीको लागिमात्र नभएर मुलुककै लागि अहितपूर्ण काम गरेको आरोप लगाए ।

जुन चुनाव चिन्हबाट जितेर प्रतिनिधिसभामा नेकपा पुगेको थियो त्यही संबिधानसभा विघटन गरेर ओलीले सुर्य चिन्ह मासेको आरोप लगाए । भट्टराईले सुर्य चिन्ह नेकपाकै चुनाव चिन्ह हुने दावी गर्दै केपी ओलीको इतिहासले अवश्य मूल्यांकन गर्ने बताए ।

कार्यक्रमलाई नेकपा नेतृ पुर्णाकुमारी सुबेदी, महेश्वर गहतराज लगायतका नेताले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ५ : ४६ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण