२३ बैशाख २०८१, आइतबार | May 6, 2024

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले काठमाडौको क्षेत्र न ६ मा गर्यो अगुवा कार्यकर्ता भेला



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले काठमाडौको क्षेत्र न ६ गोंगवुमा  अगुवा कार्यकर्ता भेला गरेको छ ।

भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य डाक्टर बिजय पौडेलले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि ‘कु’ गरेको बताए । उनले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरुद्ध आन्दोलन गर्नुको विपल्प नभएको बताए । आन्दोलन प्रधानमन्त्रीले आँफु संविधान भन्दा माथि बसेर चालेको असंवैधानिक कदमको विरुद्धमा हुनुपर्ने उनको भनाई थियो । प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमलाई अदाललते उल्टाइदिने उनको दावी छ ।

यस्तै अर्का केन्द्रीय सदस्य हिमाल शर्माले प्रधानमन्त्रीले संसद विघटन गरेर संविधानमाथि सिधै बलात्कार गरेको आरोप लगाए । प्रधानमन्त्री ओली संविधानभन्दा माथि हुन खोजेको शर्माको आरोप थियो । पार्टीको झगडा मिलाउन नसकेर संसद विघटन गरी देशलाई भड्खालोमा हालेको शर्माको भनाई थियो ।

कार्यक्रममा महिला नेतृ कल्पना शर्माले संसद पुनर्स्थापनाको बिकल्प नभएको बताइन । नेतृ शर्माले प्रधानमन्त्री ओलीले बिधिको शासनको अन्त्य गरेको आरोप लगाइन । जनताले अब संसदको पुनर्स्थापना रोज्ने कि मुलुकको र बिधिको शासनको सत्यानाशको बाटो रोज्ने उनको भनाई थियो । भेलामा चार सय भन्दा बढी नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : ३३ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa