११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रहरी हत्यामा संलग्न मुख्य अभियुक्त धनगढीबाट पक्राउ



धनगढी । कैलालीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार भनिएका एक जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार बिहान पत्रकार सम्मेलन गरी हत्याका मुख्य अभियुक्त सुकबहादुर राना अमर रानालाई सार्वजनिक गरेको हो । धनगढी उपमहानगरपालिका-१० चकमलीका ३५ वर्षीय रानालाई प्रहरीले आइतबार साँझ ७ बजे धनगढी–१४ फूलबारीबाट पक्राउ गरेको थियो ।

फरार मुख्य अभियुक्त पक्राउ परेसँगै अब सबै अभियुक्तलाई आजै अदालतमा पेश गरिने कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले बताए । यसअघि सोही घटनामा ८ जनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

अभियुक्त राना स्थानीय व्यापारीसँग मिलेर सीमापार गैरकानूनी रुपमा सामान ओसारपसार कार्यमा संलग्न रहेको प्रहरले जनाएको छ । उनी भारतको वनकट्टी र सलियापारबाट नेपालमा सामान पठाउने र नेपालबाट भारतमा सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । यसका लागि चकमलीमा उनले गोदामसमेत राखेको प्रहरीले जनाएको छ ।

केही समययता उनी नेपालबाट मटर तस्करीमा संलग्न थिए । सो तस्करी रोक्न प्रहरी सक्रिय भएपछि असई गोविन्द विक र जवान रामबहादुर साउदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । गत कात्तिक १ गते राति धनगढी–१२ जुगेडामा असई विक र जवान साउदको हत्या भएको थियो । उनीहरु कैलालीकै मोहना नदी नजिकै केराउ तस्करी गरिरहेको समुहलाई रोक्न गस्तीमा खटिएका थिए । असई विकको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो भने जवान साउदको शव मोहना नदीभित्रै फेला परेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ११ : ३९ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि