२ पुस २०८२, बुधबार | December 17, 2025

ओली सरकारकै पालामा भ्रष्टाचार बढ्यो : बालकृष्ण खाण



भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांणले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हकअधिकार खोसेको आरोप लगाएका छन् । उनले नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्ने काम भएको दावी गरे ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आयोजनामा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता खांणले नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको बताए ।

सरकारले जनताको मनोभावनाविपरीतका कार्य गर्दै आएको छ, सरकार संवेदनशी छैन, उनले भने । कोरोना महामारीको रोकथामका लागि भनेर खरीद गरिएका सामाग्रीमा पनि भ्रष्टाचार गरिएको उनले बताए । संसद भंग गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको उनको भनाइ छ । जनताको जनादेशविरुद्ध लाग्ने कुनै पनि राजनीतिक दलको विरोध गर्नुपर्ने उनले बताए । उनले कांग्रेसको विरोधलाई हल्का रुपमा लिने शक्ति समाप्त हुने दावी समेत गरे ।

संघीय सदनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खांणले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत कदम चालेकोले यसलाई सच्याउनुपर्ने र जनतासमक्ष माफी माग्नुपर्ने बताए । उनले जनतासंग माफी नमागे कम्युनिष्ट पतन हुने समेत दावी गरे । कांग्रेस संविधान र लोकतन्त्रको रक्षाको लागि बलिदान दिन पनि तयार रहेको खांणले बताए ।

भैरहवाको बुद्धचोकबाट सुरु भएको ¥याली बर्मेलीटोली, नारायणपथ हुँदै मिलनचोमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ५१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल