२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

ओली सरकारकै पालामा भ्रष्टाचार बढ्यो : बालकृष्ण खाण



भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांणले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हकअधिकार खोसेको आरोप लगाएका छन् । उनले नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्ने काम भएको दावी गरे ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आयोजनामा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता खांणले नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको बताए ।

सरकारले जनताको मनोभावनाविपरीतका कार्य गर्दै आएको छ, सरकार संवेदनशी छैन, उनले भने । कोरोना महामारीको रोकथामका लागि भनेर खरीद गरिएका सामाग्रीमा पनि भ्रष्टाचार गरिएको उनले बताए । संसद भंग गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको उनको भनाइ छ । जनताको जनादेशविरुद्ध लाग्ने कुनै पनि राजनीतिक दलको विरोध गर्नुपर्ने उनले बताए । उनले कांग्रेसको विरोधलाई हल्का रुपमा लिने शक्ति समाप्त हुने दावी समेत गरे ।

संघीय सदनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खांणले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत कदम चालेकोले यसलाई सच्याउनुपर्ने र जनतासमक्ष माफी माग्नुपर्ने बताए । उनले जनतासंग माफी नमागे कम्युनिष्ट पतन हुने समेत दावी गरे । कांग्रेस संविधान र लोकतन्त्रको रक्षाको लागि बलिदान दिन पनि तयार रहेको खांणले बताए ।

भैरहवाको बुद्धचोकबाट सुरु भएको ¥याली बर्मेलीटोली, नारायणपथ हुँदै मिलनचोमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ५१ बजे

आज विश्व दृष्टि दिवस

काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका

आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा

बेनी-जोमसोम-कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको