२० मंसिर २०८२, शनिबार | December 6, 2025

तेल ट्यांकरको ठक्करबाट सप्तरीमा एक किशोरीको मृत्यु



सप्तरी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ तेल ट्यांकरले ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको तिरहुत गाउँपालिका-३ का देवनारायण दासकी १३ वर्षीया छोरी लक्ष्मीकुमारी रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३७३३ नम्बरको तेल ट्यांकरले ठक्कर दिँदा गम्भीर घाइते भएकी लक्ष्मीको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साइकलमा सवार लक्ष्मीलाई बाटो काट्ने क्रममा ट्यांकरले ठक्कर दिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : ४६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति