२५ श्रावण २०८३, सोमबार | August 10, 2026

भाषा, धर्म, संस्कृतिलगायत विविधतालाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन ।

उनले आज एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका तमु समुदायलगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

‘‘तमु समुदायको महान पर्व तमु ल्होछारको अवसरमा यस समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ,’’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै उनले यसलाई मौलिक पुँजीको रूपमा व्याख्या गरेका छन । प्रचलित भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधतालाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन ।

तमु ल्होछार पर्वले तमु समुदाय लगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षासमेत उनले व्यक्त गरेका छन ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ३७ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता