१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

प्रचण्ड-नेपाल पक्ष छाडेका नेतालाई पदैपद



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्ष छाडेर ओली पक्षमा सामेल भएका नेताहरुलाई पदैपदको उपहार प्राप्त भएको छ । प्रचण्ड-ओली पक्षको आन्दोलनबाटै मन्त्रीको सपथ खान पुगेको नेताहरुले मन्त्रीसँगै केन्द्रीय सदस्य पनि पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती नवनियुक्त मन्त्रीहरूलाई नेकपा केन्द्रीय सदस्यमा नियुक्त गर्दै शपथ खुवाएका छन्।

मन्त्री पदमा नियुक्त गरेको ५ दिन पछि तीनै मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा पनि नियुक्त गरि राती ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सपथ खुवाईएको बुलुवाटार स्रोतले जनाएको छ । संसद् विघटनपछि गत मंसिर ७ गते बालुवाटारमै केन्द्रीय सदस्यको भेला गराई नेकपा केन्द्रीय कमिटीमा ओलीले सदस्य थप गरेका थिए।

केन्द्रीय सदस्य थप गरिएसँगै प्रधानमन्त्री ओलीले पुस १० गते मन्त्रिपरिषद् विस्तार तथा जिम्मेवारी समेत हेरफेर गरेका थिए। ९ जनालाई नयाँ मन्त्री बनाएका थिए भने कतिपय मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको थियो।

पूर्ववत नेकपाका केन्द्रीय सदस्य रहेका प्रचण्ड-नेपाल पक्ष त्याग गरेर मन्त्री बनेका ती नेताहरुलाई पुनः पार्टीको केन्द्रीय सदस्यमा नियुक्त गर्दै प्रधानमन्त्री ओलीले शपथ गराएको स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ९ : ४२ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको