२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

प्रचण्ड-नेपाल पक्ष छाडेका नेतालाई पदैपद



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्ष छाडेर ओली पक्षमा सामेल भएका नेताहरुलाई पदैपदको उपहार प्राप्त भएको छ । प्रचण्ड-ओली पक्षको आन्दोलनबाटै मन्त्रीको सपथ खान पुगेको नेताहरुले मन्त्रीसँगै केन्द्रीय सदस्य पनि पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती नवनियुक्त मन्त्रीहरूलाई नेकपा केन्द्रीय सदस्यमा नियुक्त गर्दै शपथ खुवाएका छन्।

मन्त्री पदमा नियुक्त गरेको ५ दिन पछि तीनै मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा पनि नियुक्त गरि राती ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सपथ खुवाईएको बुलुवाटार स्रोतले जनाएको छ । संसद् विघटनपछि गत मंसिर ७ गते बालुवाटारमै केन्द्रीय सदस्यको भेला गराई नेकपा केन्द्रीय कमिटीमा ओलीले सदस्य थप गरेका थिए।

केन्द्रीय सदस्य थप गरिएसँगै प्रधानमन्त्री ओलीले पुस १० गते मन्त्रिपरिषद् विस्तार तथा जिम्मेवारी समेत हेरफेर गरेका थिए। ९ जनालाई नयाँ मन्त्री बनाएका थिए भने कतिपय मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको थियो।

पूर्ववत नेकपाका केन्द्रीय सदस्य रहेका प्रचण्ड-नेपाल पक्ष त्याग गरेर मन्त्री बनेका ती नेताहरुलाई पुनः पार्टीको केन्द्रीय सदस्यमा नियुक्त गर्दै प्रधानमन्त्री ओलीले शपथ गराएको स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ९ : ४२ बजे

त्रिविको बजेट – ३० अर्ब ८७ करोड, सरकारको अनुदान घट्दा ८ अर्बभन्दा बढी अपुग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा सुप कांग्रेसको आपत्ति

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले