३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पत्रकार महासङ्घ बागलुङ शाखामा आधुनिक सूचना केन्द्र स्थापना



बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा आधुनिक सूचना केन्द्र स्थापना गरिएको छ । केन्द्रको आइतबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उद्घाटन गरे ।

उद्घाटनपछि उनले सूचना केन्द्रबाट सबै तप्काका नागरिकले लाभ लिने विश्वास व्यक्त गरे । केन्द्रका लागि उपकरण, फर्निचरलगायतका सामग्री खरिदमा प्रभु बैंकले रु पाँच लाख सहयोग गरेको थियो । प्रमुख कार्यकारी अधिकृत शेरचनले जिल्लाका अन्य क्षेत्रमा पनि सूचना केन्द्र विस्तारका लागि बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘सुसंस्कृत र सुसूचित समाज निर्माणका लागि सूचना केन्द्र बहुउपयोगी बन्नेछ’, उनले भने । शाखा अध्यक्ष दिल शिरीषले सूचना केन्द्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लगिने बताए । तत्काललाई पत्रकार/सञ्चारकर्मीका लागि अध्ययन, समाचार लेखनलगायतका कामका लागि केन्द्र प्रयोगमा आउने भएको छ ।

अध्ययन संस्कृतिको विकासमा पनि सूचना केन्द्रले सघाउने विश्वास लिइएको छ । सूचना केन्द्रमा जिल्लाको पहिचान झल्काउने श्रव्य÷दृश्य सामग्री, विभिन्न क्षेत्रका सूचना÷अद्यावधिक तथ्याङ्कलगायत सार्वजनिक चासो र महत्वका जानकारी लिनदिन सकिने गरी प्रबन्ध मिलाइने अध्यक्ष शिरीषको भनाइ छ ।

उनले छिट्टै विद्युतीय पुस्तकालय पनि सोही केन्द्रमार्फत सञ्चालनमा ल्याइने बताए । सूचना केन्द्रमा भौतिक पुस्तकालय पनि रहनेछ । ‘अहिले शुरुआत मात्र भएको छ, यसको प्रभावकारिता कसरी बढाउने भन्ने सन्दर्भमा हामीले थप योजना बनाउँछौँ’, अध्यक्ष शिरीषले भने, ‘आम नागरिकको सूचना केन्द्रमा पहुँच रहने गरी पूर्वाधार, सुविधा थप्छौँ ।’ अहिले १० वटा कम्प्युटरबाट सूचना केन्द्र सञ्चालनमा आएको छ ।

आफ्नै कार्यालय नभएका, कम्प्युटर, इन्टरनेटलगायत सुविधाबाट वञ्चित पत्रकारले पनि सूचना केन्द्रबाट समाचार लेखन÷सम्प्रेषणको काम गर्न सक्नेछन् । पत्रकारका लागि इमेल, इन्टरनेट, फोटोकपीजस्ता सेवा पनि निःशुल्क प्रदान गरिने शाखाले जनाएको छ ।

शाखाले आफ्नै सुविधासम्पन्न भवनसँगै आधुनिक सूचना केन्द्र बनाउने योजना केही वर्षअघि सारेको थियो । शाखाको तीनतले भवन निर्माण पूरा भई गत मङ्सिर ३० गते उद्घाटन भइसकेको छ । ‘हामी सबैको रहर, पत्रकार महासङ्घ बागलुङको घर’ अभियानमार्फत सङ्कलित रकमबाट भवन निर्माण गरिएको हो । भवन निर्माणमा जनसाधारणदेखि राज्यका निकायको योगदान छ । रासस

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : २९ बजे

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना