१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

घुस दिने सेवाग्राहीलाई कारवाही गर्ने थप १८ ट्राफिक प्रहरी पुरस्कृत



काठमाडौं । ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरीघुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई महानगरिय ट्राफिक महाशाखाले सम्मान सहित पुरस्कृत गरेको छ ।

महाशाखामा आयोजित एक कार्यक्रममा सेवाग्राहीले दिएको घुस अस्विकार गर्दै घुस फिर्ता दिने १८ जनालाई महाशाखाले पुरस्कृत गरिएको हो । पुरस्कृत प्रहरीहरुलाई महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले पुरस्कृत र सम्मान गरेका थिए

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको ट्राफिक प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरिक्षक देबिराम भण्डारी, र रामेश्वर उप्रेती, प्रहरी हवल्दार शंकर वन सन्यासी, बिनोद गोतामे तथा प्रहरी जवानहरु भुवन भण्डारी, केदार प्रसाद भण्डारी, नैन सिंह राना, रविन घिमिरे, धनन्जय सिंह रावत (डाँगा), मिना कुमारी आचार्य, निरज थापा, केशब बिष्ट, रमेश सिंह बुडाल, भानुभक्त ढकाल, राकेश कुमार साह, शान्ता श्रेष्ठ, ईश्वर पछाई र सन्दिप कुमार यादव रहेका छन ।

पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जना सवारी चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ४१ बजे

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना