१५ माघ २०८२, बिहिबार | January 29, 2026

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ओली स्वयंले स्वीकार गरिसके : काँग्रेस नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको स्वीकार गरेको दाबी गरेका छन् ।

काँग्रेस वरिष्ठ नेता पौडेलले भिडियो अपील जारी गर्दै प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको भन्दै प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेको स्वीकार गरेको बताएका हुन् । पौडेलले भनेका छन्, ‘प्रधानमन्त्री ओली आफैँ भनिरहेका छन् – यो विधि विधानको कुरा होइन। यो त राजनीतिक निर्णय हो। उनले आफूले वैधानिक काम गरेको छैन भन्ने कुरा आफैँले स्वीकार गरेका छन्।’

पौडेलले यस्तो असंवैधानिक कदम विरुद्ध सशक्त संघर्षमा उत्रिएर प्रतिवाद गर्नुको विकल्प नभएको पौडेलले जिकिर गरेका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरूद्ध नेता कार्यकर्तालाई संघर्षमा उत्रिन आग्रह गरेका छन् ।

ओलीको यस्तो संवैधानिक कदमले देशलाई अन्धकारतर्फ लैजाने जिकिर गर्दै पौडेलले भनेका छन्, ‘प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरूद्ध डटेर विरोध प्रदर्शन गरौं,’

काँग्रेस वरिष्ठ नेता पौडेलले प्रतिनिधि सभा विघटनले संविधानमा क्षति पुर्‍याएको र व्यवस्थामाथि प्रहार गरेको बताउँदै ७० वर्ष लगाएर बनाएको संविधान र व्यवस्थामा प्रहार भएको जनाएका छन् ।

नेता पौडेलले जनताको आवाजलाई अदालतले सुन्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘जनताले विरोधमा आवाज उठाउन सके अदालतमा पुग्छ। ओलीको कदम समयमै सच्याउनुपर्छ। नसच्चिँदा अनर्थ हुन्छ । त्यसैले ‘कम्मर कसेर सक्रियापूर्वक स्थानीय तहहरूबाट सशक्त आवाज उठाऔं।’

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  २ : ०४ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।