२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

केपी ओली सन्कि मान्छे, घरमा प्रश्न खडा गरे घरै जलाईदिने, पार्टीमा प्रश्न गरे पार्टी नै फोडिदिने, संसदमा कुरा उठाए संसद नै भंग गरीदिने : माधव नेपाल



बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को नाम विध्वंस भएको बताएका छन् । प्रचण्ड-नेपाल पक्षले बर्दियाको गुलरियामा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एकजुट भएको पार्टीमा विध्वंस मच्चाएको आरोप लगाए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओलीलाई कम्युनिष्ट आन्दोलनसँग माया नभएको बताए । उनले भने –‘ केपी ओलीलाई न आन्दोलन सँग माया छ,, न गणतन्त्र सँग प्रेम छ न लोकतन्त्र प्रति माया छ,, उनमा मात्र दम्भ सवार भएको छ ।’ अध्यक्ष नेपालले प्रधानमन्त्री ओली अंहकारको घोडामा चढेर महिमत्त भएको बताउँदै आफुलाई संसार कै शक्तिशाली ठानेर यो देशमा म जे पनिगर्न सक्छु भन्ने ठानेको आरोप लगाए ।

उनले ओलीलाई देशको समस्या, जनचाहना, परिवर्तन, समाजवादको लक्ष्यको बारेमा, कम्युनिष्ट आन्दोलनको प्रतिष्ठा, राम्रो पार्टी तयार गर्ने र जनताको मन र विश्वास जित्ने वषयमा कुनै मतलब नभएको बताए । उनले भने –‘कस्तो सन्कि मान्छेलाई नेता बनाए छौँ, घरमा प्रश्न खडा गरे घरै जलाई दिने, पार्टीमा प्रश्न गरे पार्टी नै फोडिदिने, संसदमा कुरा उठाए संसद नै भंग गरीदिने ।’ उनले सन्कि मान्छेलाई नेता बनाएर कार्यकर्ताले पुरपुरोमा हात राखिरहेको बताए । आफुले २०७१ सालको नवौ पार्टी महाधिवेशनमा ओलीले पार्टी डुबाउँछन भनेको नभन्दै ओलीले डुबाएरै छाडेको पनि बताए ।

उनले पुष्पकमल दाहाल प्रचण्ड जस्तो सोझो राम्रो मान्छेलाई बदनाम गर्न खोजेको आरोप लगाउँदै सोझो मान्छेलाई दानव जस्तो गरी प्रस्तुत गरीएको बताए । उनले ओली मदनभण्डारी फाउण्डेशनको एउटा गुटको नेता भएको बताउँदै एमालेको मान्छे नभएको बताए । उनले भने सन्तानलाई राम्रो बनाउन कोसिस गरेपनि त्यो भएन । कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले केपीओलीको भ्रमजालमा नपर्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेकपा नेता बर्षमान पुन अनन्तले सरकारलाई प्राप्तभएको दुईतिहाई बहुमतबाट विचलित भएर प्रधानमन्त्रीले संसद विघटन गरेको बताए । उनले प्रधानमन्त्री ओलीको सानो गुट छुट्टिएर गएपनि ऐतिहासिक पार्टी एकिकरण नविथोलिने स्पष्ट पारे ।

कार्यक्रमलाई नेकपा प्रचण्ड-नेपाल पक्षका केन्द्रिय नेता एवं प्रवक्ता नारायणकाजि श्रेष्ठ, प्रदेश ईन्चार्ज युवराज ज्ञावली, पूर्व सभामुख ओनसरी घर्ति लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १० : ४८ बजे

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर । भोजपुर नगरपालिका-५ का किसान कृतिमान विष्ट परम्परागत डोको

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर । महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी । कोरलानाका जोड्ने बेनी-जोमसोम-कोरला सडक मर्मतको काम अन्तिम चरणमा

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

दमौली । अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव