२१ बैशाख २०८३, सोमबार | May 4, 2026

मिस नेवा फागुन ७ गते हुने



काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमले यस वर्ष पनि ‘मिस नेवाः नेपाल’लाई निरन्तरता दिने भएको छ ।

नेप्लिज फेशन होमले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’ आयोजना गर्ने भएको हो । ‘मिस नेवाः नेपाल’का प्रतिस्पर्धीहरुले ‘वेष्ट स्कीन’, ‘वेष्ट हेयर’ र ‘वेष्ट पर्सनालिटी’का लागि गत आइतबार राजधानीको सुन्धरास्थित काठमाडौं मलमा रहेको ग्लो ब्युटी स्टुडियो काठमाडौँ मल पुगेर आफ्नो सुन्दरता थप आकर्षक बनाए ।

एनएफएच इभेण्टको सहकार्यमा ग्लो ब्युटी स्टुडियोले प्रतिष्पर्धीलाई सुन्दर बनाउने काम गरेको हो । प्रतिस्पर्धीहरुलाई क्लिजिङ, हेयरवास, थेडिङ, फेसवासलगायतका सेवा दिइएको ग्लो ब्युटि स्टुडियोका म्यानेजिङ डाइरेक्टर तथा मोडल एवं अभिनेत्री दीपासा बिसिले जानकारी गराइन् । उनले नेवार सुन्दरीहरुलाई ब्युटी टिप्सको कक्षा पनि दिइन् ।

नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले प्रतिस्प्रर्धीहरुलाई ग्लो ब्युटी स्टुडियोले थप सुन्दर बनाएर उनीहरुलाई प्रोत्साहन गरेको बताइन् । कार्यक्रममा नेपाल क्योकुशिन सेइसिनका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ शिहान अशोककुमार श्रेष्ठ, ‘मिस नेवाःनेपाल ११३९’की विजेता नितु डंगोल तथा ‘मिस नेवाः’ हरु प्रजिता श्रेष्ठ, युनिसा शाही सहभागी थिए ।

१५औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् । उनीहरुलाई विभिन्न विधामा तालिम र प्रशिक्षण दिइरहेको अध्यक्ष मानन्धरले जनाइन् ।

नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि ‘मिस नेवाः नेपाल’ आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि ‘लिटिल मिस नेवाः’ आयोजना गर्दै आएको छ । नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष मानन्धरले बताइन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : २१ बजे

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा