११ बैशाख २०८१, मंगलबार | April 23, 2024

मिस नेवा फागुन ७ गते हुने



काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमले यस वर्ष पनि ‘मिस नेवाः नेपाल’लाई निरन्तरता दिने भएको छ ।

नेप्लिज फेशन होमले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’ आयोजना गर्ने भएको हो । ‘मिस नेवाः नेपाल’का प्रतिस्पर्धीहरुले ‘वेष्ट स्कीन’, ‘वेष्ट हेयर’ र ‘वेष्ट पर्सनालिटी’का लागि गत आइतबार राजधानीको सुन्धरास्थित काठमाडौं मलमा रहेको ग्लो ब्युटी स्टुडियो काठमाडौँ मल पुगेर आफ्नो सुन्दरता थप आकर्षक बनाए ।

एनएफएच इभेण्टको सहकार्यमा ग्लो ब्युटी स्टुडियोले प्रतिष्पर्धीलाई सुन्दर बनाउने काम गरेको हो । प्रतिस्पर्धीहरुलाई क्लिजिङ, हेयरवास, थेडिङ, फेसवासलगायतका सेवा दिइएको ग्लो ब्युटि स्टुडियोका म्यानेजिङ डाइरेक्टर तथा मोडल एवं अभिनेत्री दीपासा बिसिले जानकारी गराइन् । उनले नेवार सुन्दरीहरुलाई ब्युटी टिप्सको कक्षा पनि दिइन् ।

नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले प्रतिस्प्रर्धीहरुलाई ग्लो ब्युटी स्टुडियोले थप सुन्दर बनाएर उनीहरुलाई प्रोत्साहन गरेको बताइन् । कार्यक्रममा नेपाल क्योकुशिन सेइसिनका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ शिहान अशोककुमार श्रेष्ठ, ‘मिस नेवाःनेपाल ११३९’की विजेता नितु डंगोल तथा ‘मिस नेवाः’ हरु प्रजिता श्रेष्ठ, युनिसा शाही सहभागी थिए ।

१५औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् । उनीहरुलाई विभिन्न विधामा तालिम र प्रशिक्षण दिइरहेको अध्यक्ष मानन्धरले जनाइन् ।

नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि ‘मिस नेवाः नेपाल’ आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि ‘लिटिल मिस नेवाः’ आयोजना गर्दै आएको छ । नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष मानन्धरले बताइन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : २१ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको