१५ माघ २०८२, बिहिबार | January 29, 2026

सलमानको ‘राधे’ इदमा रिलिज हुँदै, जोनको ‘सत्यमेव जयते’ सँग भिड्दै



मुम्बई । गत वर्ष ठप्प रहेको चलचित्रको छायांकन र रिलिजको काम यस वर्ष विस्तारै चलायनमा हुन थालेको छ । योसँगै बलिउडमा यस वर्ष रिलिजको तयारीमा थुप्रै चलचित्रहरु लाइनअपमा छन् ।

यस्तै, सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधेः योर मोस्टवान्टेड भाई’ यही वर्षको इदमा रिलिज हुने घोषण गरिएको छ । राधेको रिलिजको घोषणा भएसँगै यो चलचित्र अर्को ठूलो चलचित्रसँग भिड्ने पक्का भएको छ ।

सलमानको राधे अभिनेता जोन अब्राहमको सुपरहिट चलचित्र ‘सत्यमेव जयते’को सिक्वेल ‘सत्यमेव जयते २’सँग क्लैस हुने पक्का भएको छ ।

सलमानले मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, “माफ गर्नुहोस्, थिएटर मालिकहरुलाई जवाफ दिन धेरै समय लाग्यो । आजको समयमा यो निकै ठूलो निर्णय हो । म थिएटर मालिकहरुले झेलिरहेको आर्थिक समस्यासँग जानकार छु । त्यसैले म राधेलाई सिनेमाघरमा रिलिज गरेर उहाँहरुलाई सहयोग गर्न चाहन्छु ।”

थिएटर मालिकहरुलाई सहयोग गरेको बदलामा उनले दर्शकको सुरक्षा मागेका छन् । उनी लेख्छन्, “बदलामा म उनलाई ‘राधे’ हेर्न आउने दर्शकका लागि थिएटरमा अत्यधिक सावधानी अपनाउने छन् भन्ने आशा गरेको छु ।”

यस चलचित्रमा सलमानका साथै दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा र जरीना वहाबलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र प्रभु देवाले निर्देशन गरेका हुन् ।

यस्तै, अभिनेता जोन अब्राहमको ‘सत्यमेव जयते २’ गत वर्ष रिलिज गर्ने घोषणा गरिएकोमा कोरोना महामारीले यसलाई एकवर्ष पछाडि धकेलिएको हो । नवभारत टाइम्सबाट

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ८ : ०४ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला