५ श्रावण २०८३, मंगलबार | July 22, 2026

उपत्यकामा हराएका २४ मोटरसाईकल सवारी धनीलाई बुझाईयो



काठमाडौं । उपत्यकाका बिभिन्न स्थानबाट हराएका २४ वटा मोटरसाईकल फेला पारेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाले गठन गरेको पीडित सहायता ईकाईबाट सादा पोसाकमा खटाईएका ट्राफिक प्रहरीको विशेष अप्रेशन टोलीले उक्त मोटरसाईकल खोजतलास गसर फेला पारेको हो ।

काठमाडौंका बिभिन्न स्थानबाट चोरी भएका ती मोटरसाईकलहरु प्रहरी टोलीको खोजतलास गरि आज एक कार्यक्रमका बीच मोटरसाईकल धनीहरुलाई हस्तान्तरण गरेको महानगरिय ट्राफिक महाशाखाले जानकारी दिएको छ । सवारी धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका थिए ।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरुलाई प्रमुख भट्टराईले सुझाव दिए ।

ट्राफिक प्रहरी टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुङ्गेधारा, पुरानोबानेश्वेर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दधिकोट भक्तपुर, कपन, बसुन्धारा, कोटेश्वार, धुम्बाराही, विशालनगर, सामाखुसी र किर्तिपुर लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।

महाशाखाले यस आ.व. ०७७/७८ मा १९९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न३५जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाई सकेको छ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ३ : ५९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं