७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेपालगन्जबाट नक्कली स्मार्ट ड्राईभिङ लाईसेन्स छाप्ने गिरोह पक्राउ



नेपालगन्ज । सरकारले सुरक्षित भन्दै आएको सवारी चालक अनुमतीपत्रको स्मार्ट लाईसेन्स नक्कली बनाउने गिरोह नेपालगन्जमा सक्रिय रहेको फेला परेको छ । सामान्य फोटोकपी पसलबाटै नक्कली स्मार्ट लाइसेन्स बनाउन सक्रिय एक गिरोहलाई प्रहरीले पक्राउ गरे पछि नेपालगन्जबाट नक्कली स्मार्ट लाईसेन्स बनाउने गिरोह सक्रिय रहेको खुलासा भएको हो ।

नेपालगन्जको सदरलाइनस्थित पुरानो टाङ्गा स्टेसनको नजिकै रहेको फेवा फोटोकपी तथा मोबाइल रिपेयरिङ सेन्टरबाट नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाएर बिक्री गर्दै गरेको अवस्थामा बाँके प्रहरीले पसलेसहित लाईसेन्स बनाउने गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पसल सञ्चालक ओमप्रकाश वैश्यसहित ६ जना रहेकाछन् अन्य पक्राउ परेकाहरुको नामा प्रहरीले सार्वजानिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार वैश्यले नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाएर प्रतिलाइसेन्स पाँच हजारदेखि १० हजार रुपैयाँ लिएर बिक्री गर्ने गरेका थिए ।

नेपालगन्जमा ट्राफिक प्रहरीले मोटरसाइकलको कागजपत्र चेकजाँच गर्ने क्रममा फेला पारेको नक्कली स्मार्ट अनुमति पत्रको खोजबिन गर्नेक्रममा लाइसेन्स बेच्ने फेवा फोटोकपी पसलबाट नक्कली लाईसेन्स बिक्रि हुने गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट थप अनुसन्धान थालिएको बाँकेका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक सुवास खड्काले बताए ।

प्रहरी नायव उपरीक्षक खड्काले नक्कली स्मार्ट छाप्ने काम बाँकेमै हुने गरेको खुलेकोबताउंदै के कति परिमाणमा छापिएकाछन् भन्ने बारे अनुसन्धान भईरहेको बताए । उनले भने, ‘लाइएस्ेन्सको भेरीफिकेसन भैरहेको छ ।’ प्रहरीले उक्त पसलबाट लाईसेन्स छाप्ने मेसिन, त्यसकालागि आवश्यक पर्ने कागजपत्र र शंकास्पद सामाग्री बरामद गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ५ : १४ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका