४ चैत्र २०८२, बुधबार | March 18, 2026

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी



टीकापुर । व्यावसायिक रूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन ।

कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो ।

तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै गएको छ । कैलालीको टीकापुर-१ वनगाउँ ज्ञानीटोलमा कृष्णामती चौधरीको आरती बेर्ना नर्सरी उत्पादन फार्म छ । यहाँ चार कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरी सोही स्थानबाट बिक्री गरिन्छ । कृष्णामतीलाई आजभोलि प्याजको बेर्ना बेच्न भ्याइनभ्याइ छ । उनले अन्य तरकारीको बेर्नासँगै प्याजको बेर्ना बेचिरहेकी छिन ।

व्यावसायिक रूपमा बेर्ना उत्पादन गर्ने उनले अहिले दैनिक नर्सरीबाटै २५० प्रतिकिलोमा बेर्ना बेचिरहेकी छिन । वनगाउँ र घियागाउँका दुई स्थानमा गरी सात कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरिरहेकी छिन ।

अहिलेसम्म करिब ३० क्विन्टल प्याजको बेर्ना बेचिसकेकी छिन । कृष्णामतीले यो सिजनमा सात लाख ५० हजारका बेर्ना बिक्री गरेकी छिन । “अन्य वर्षभन्दा यस वर्ष प्याजको बेर्नाको बिक्री राम्रो भइरहेको छ । यस वर्ष आम्दानी पनि राम्रै भइरहेको छ”, उनले भनिन्, “बेर्ना बिक्री गर्ने सिजनमा महिनामा तीन लाखसम्म कमाउन सकिन्छ ।”

तरकारी खेतीभन्दा बेर्ना बिक्रीमा आम्दानी देखेपछि उनले बेर्ना उत्पादन रोजेकी हुन । कृष्णामतीजस्तै अर्की महिला सुभद्रा चौधरीले पनि यतिखेर प्याजका बेर्ना बेचेर राम्रो कमाइ गरिरहेकी छिन । उनले पाँच कठ्ठा जग्गामा बेर्ना उत्पादन गरेकी छिन । “आजभोलि प्याजको बेर्ना बेचिरहेकी छु, यसअघि गोलभेँडा, काउली, बन्दागोभीको बेर्ना बेचेँ”, उनले भनिन्, “मासिक एक लाखसम्म कमाइ हुन्छ, काम हामी आफ्नै परिवारका सदस्यले गर्छौँ ।”

उनको बारीमै बेर्ना किन्ने ग्राहक पुग्छन । थोरै जमिनमा तरकारी खेती गर्नेले बेर्ना किनेर लगाउँछन । थोरै बारीमा खेती गर्नेका लागि बेर्ना किनेर लगाउन सजिलो हुन्छ । कृष्णामतीको बारीमा प्याजको बेर्ना किन्न गएकी बन्दना जैशीले गाउँमै बेर्ना पाएपछि सजिलो भएको बताइन । “एक किलो प्याजको बेर्ना चाहिएको थियो, सहजै पाइयो”, उनले भनिन, “एक किलो लगाउनेले बेर्ना आफैँ राख्न झण्झट हुन्छ । यसरी किन्न पाए सजिलो भयो ।”

विगतका वर्षमा सहज र सस्तोरूपमा सीमा नाकाबाट प्याजको बीउ नेपाली बजारमा आउने गर्दथ्यो तर यस वर्ष सीमा नाकाबाट तरकारी बेर्ना आउन पाएका छैनन् । यसले नेपाली उत्पादकले बजार पाएको किसान बताउँछन । “अन्य बेर्ना उत्पादनमा लगानी र मेहनत धेरै लाग्छ तर प्याजको बेर्ना उत्पादनमा कम मेहनत लाग्ने गर्दछ”, होसन्ना बेर्ना नर्सरीका सञ्चालक जयराम चौधरी भन्छन, “सहज भएकाले प्याजका बेर्ना उत्पादन गरी बिक्री गरिहेका छौँ ।

हाम्रो पनि परिवारका सदस्यले काम गर्छन । घरमै बसीबसी आम्दानी लिन सकिन्छ ।” टीकापुर नगरपालिका कृषि शाखाले पनि बीउ उत्पादनमा लागेका किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ । रासस

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ८ : ०७ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन