७ चैत्र २०८२, शनिबार | March 21, 2026

दमनकारी कार्य नदोहोर्‍याउन पत्रकार महासंघद्वारा सरकारलाई चेतावनी



काठमाडौं । नेपाल पत्रकार महासंघले दमनकारी कार्य नदोहोर्‍याउन सरकारलाई चेतावनी दिएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागीहरुमाथि भएको प्रहरी आक्रमणको भत्र्सना गर्दै महासंघले दमनकारी कार्य रोक्न सरकारसँग माग गरेको हो ।

‘वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीद्वारा बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासंघका सचिव रमेश विष्टले मंगलबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य हो ।

प्रहरीको बर्बर दमनले नागरिकको हकअधिकारमाथि समेत गम्भीर आघात पुगेको महासंघले ठहर गरेको छ । सरकारको अभिव्यक्ति स्वतन्त्रताविरोधी यस्तो कार्यको महांसघले कडा शब्दमा भत्र्सना समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथैः आगामी दिनमा यस्ता दमनकारी कार्य नदोहोर्‍याउन सरकारलाई चेतावनीसमेत दिन चाहन्छ ।’

हिजो सोमबार नागरिक आन्दोलन र मानव अधिकारवादीले कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार वाग्ले, मानवअधिकारकर्मी पहाडीलगायत मानव अधिकारवादी र नागरिक अभियन्तामाथि प्रहरीले लाठी र पानीका फोहरा प्रहार गर्दा कैयौं प्रदर्शनकारी घाइते भएका थिए ।

 

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १ : १२ बजे

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका