२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या



बझाङ । बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ ।

मंगलबार बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या भएको हो ।

उनीमाथि विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर फर्किने क्रममा खुँडा प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।

गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए ।

खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने खुँडा बरामद गरिएको प्रहारीले जनाएको छ ।

खुँडा प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश एैडी भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको बताइएको छ । विद्यालयमा भएको समितिको निर्वाचनमा कांग्रेस र नेकपा निकट दुई प्यानल बनेका थिए ।

कांग्रेस निकट प्यानल निर्वाचित भएको थियो । हत्या गरिएका सिंह तरुण दलका सदस्य समेत हुन ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ८ : १९ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्