५ श्रावण २०८३, मंगलबार | July 22, 2026

ढकालले हात पारे द नेक्स्ट फेस लुम्बिनीको उपाधि



बुटवल । द नेक्सट फेस लुम्बिनीको उपाधि अभिषेक ढकाल र ममता रानाले हात पारेका छन । एक महिनादेखि जारी प्रतियोगिताको शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट मिस्टरतर्फ ढकालले उपाधि जितेका हुन भने मिसतर्फ रानाले जितेकी हुन ।

स्टाइल क्रियशनको आयोजनामा बुटवलमा सम्पन्न प्रतियोगितामा सहभागी अन्य प्रतियोगीलाई पछि पार्दै द्वय ढकाल र रानाले उपाधिसँगै नगद १५ हजार र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन् ।

उनीहरुलाई मोडलिङका लागि सो अवसर स्वाभिमान क्रियशनले अवसर दिने क्रियशनका निर्देशक तथा मोडल राजु महोत्राले बताए । विभिन्न प्रस्तुतीसँगै निर्णायकको प्रश्नमा उत्कृष्ट उत्तर दिएर विजयी बनेका ढकालले विजेतासँगै भ्यूअर्स च्वाइसको उपाधि पनि जित्न सफल भए भने उनीसँगै मिसतर्फ इशिका सुबेदीले पनि भ्यूअर्स च्वाइसको उपाधि जितेकी छन् ।

त्यसैगरी मिस्टर मल्टीमिडियातर्फको उपाधि पनि जितेर ढकाल प्रतियोगितामा ह्याट्रिक गर्न सफल भएका छन् । प्रतियोगितामा मिसतर्फ फ्रस्ट रनर अपको उपाधि उमा पौडेल र मिस्टरतर्फ प्रविन रसाइलीले जितेका छन् भने मिसतर्फ हेमा भट्टराई र मिस्टरतर्फ रोहन खत्रीले सेकण्ड रनर अपको उपाधि जितेका छन् ।

त्यसैगरी कल्पना गिरी र विशाल सुनारले कोरियोग्राफर च्वाइसको उपाधि प्राप्त गरेका छन् । बिनिता भण्डारी र इशिका सुबेदीलेले अर्गनाइजर च्वाइसको उपाधि जितेका छन् ।

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : ३९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं