११ चैत्र २०८२, बुधबार | March 25, 2026

देउवासँग पौडेलको माग : असंवैधानिक नियुक्तिबारे धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाऊ



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायमा भएको नियुक्तिबारे पार्टी धारणा बनाउन अबिलम्ब केन्द्रीय समिति बैठकको माग गरेका छन् ।

वरिष्ठ नेता पौडेलले सामाजिक यसबारे पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको पनि जनाएका छन् ।

काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक रहेको सामाजिक सञ्जालमार्फत जानकारी समेत गराएका छन् ।

पौडेलले भनेका छन्,

देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भईरहेका छन् । संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ती त्यसैको पछिल्लो कडी हो ।

यस्तो अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  २ : २४ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग