१३ भदौ २०८३, शनिबार | August 29, 2026

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग



बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको विषय सार्वजनिक भएपछि नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै औषधि व्यवसाय नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील क्षेत्र भएकाले यसमा संलग्न सबै पक्षले उच्चतम सावधानी, नैतिकता र जिम्मेवारीका साथ सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरेको छ ।

विज्ञप्तिमा औषधि व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुन, व्यावसायिक मूल्य-मान्यता तथा आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै कानुनविपरीत कार्य गर्ने, गुणस्तरहीन वा शंकास्पद औषधिको कारोबार गर्ने, सेवाग्राहीलाई भ्रममा पार्ने तथा औषधि खरिद-बिक्री र वितरण प्रणालीलाई अव्यवस्थित बनाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारिएको छ ।

यस्ता गतिविधिले आम नागरिकको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्नुका साथै समग्र औषधि व्यवसायप्रतिको विश्वास कमजोर बनाउने भएकाले दोषी प्रमाणित हुने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गर्न संघले माग गरेको छ ।

संघले पछिल्लो समय देखिएका अव्यवस्था, तहगत तथा कानुनविपरीत आपूर्ति प्रणाली र अभ्यासले औषधि व्यवसायलाई नकारात्मक असर पारेको उल्लेख गर्दै घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी अनुसन्धान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

महासचिव कृष्णप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्पूर्ण औषधि व्यवसायीलाई औषधि ऐन, नियमावली, व्यावसायिक आचारसंहिता तथा स्थापित मापदण्डको पूर्ण पालना गर्दै जिम्मेवार, जवाफदेही र मर्यादित ढंगले व्यवसाय सञ्चालन गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ८ : ४१ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक