१५ बैशाख २०८१, शनिबार | April 27, 2024

गोली प्रहार गरि आफ्नै छोरी हत्या गर्ने धनबहादुर ४ दिन पछि पक्राउ



बैतडी । आफ्नै छोरीलाई गोली हानेर हत्या गरि फरार रहेका धनबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई मंगलबार दिउँसो दोगडाकेदार गाउँपालिका–८, माल्लेखबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले पुष्टि गरेका छन् ।

बैतडीको पुचौडी नगरपालिका १० स्थित आफ्नै घर धनबहादुर र उनकी श्रीमतीबीच भएको झगडा छुट्याउने क्रममा माइतीघर बसिरहेकी पुर्चौडी नगरपालिका–३ जोग्गौडाकी २० वर्षीया छोरी बेलमती धामी महरामाथि धनबहादुरले गोली प्रहार गरी हत्या गरेका थिए।

घटनापछि फरार धनबहादुरलाई चार दिनपछि प्रहरीले नियन्त्रणमा लिएको हो। महरालाई पक्राउ गरेपनि उनले साथमा लिएर गएको भरुवा बन्दुक भने प्रहरीले फेला पारेको छैन । हत्या गरेको तेस्रो दिन महरा गाँउ फर्केर स्थानीयलाई धम्काउँदै आफ्नै घरमा आगजनी समेत गरेका थिए । महराले नजिक आए गोली प्रहार गर्ने भन्दै छिमेकीलाई धम्काएका थिए ।

पक्राउ परेका महरालाई ईलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ। महराविरुद्ध कर्तव्य ज्यान मुद्दा र हतियार खरखजनाअन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : ०६ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।