२८ बैशाख २०८३, सोमबार | May 11, 2026

निर्वाचन सुरक्षाका लागि लुम्बिनी प्रदेशका ४ वटै सुरक्षा निकायको अन्तरक्रिया सम्पन्न



बुटवल । सरकारले तोकेको आगामी निर्वाचन र प्रदेशको शान्ति सुरक्षको अवस्थाको समिक्षा गर्न लुम्बिनी प्रदेशका ४ वटै सुरक्षा निकायका प्रमुखहरुको अन्तरक्रियात्कम भेला सम्पन्न भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा भएको भेलामा प्रदेशका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखहरुको सहभागिता रहेको थियो ।

उनीहरुले समसामायिक शान्तिसुरक्षाको अवस्था, नेपाल सरकारबाट घोषणा भएको अगामी निर्वाचन सुरक्षा व्यवस्थापन, प्रतिबन्धित विप्लव समुहबाट हुन सक्ने संभावित जोखिम न्युनिकरण लगायत अपराध अनुसन्धान तथा नियन्त्रणका लागी सुचना आदान-प्रदान गर्ने सम्बन्धमा छलफल गरेका थिए ।

कार्यक्रममा मध्यपश्चिम पृतना हेडक्वाटर, बुटवलका पृतनापति उपरथी संजय थापा, प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुक, बिन्दबासनी वाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका अनुसन्धान निर्देशक सुनिल कुमार ढकालको उपस्थिती रहेको थियो । नेपाली सेनाको न.१९ र नं. २२ बाहिनीका बाहिनीपतिहरु तथा नेपाल प्रहरीका प्रदेश अन्तर्गतका अधिकारीहरु समेतको उपस्थितीमा भएको भेलामा ४ वटै निकायका बीच समन्वयात्मक भुमिकाको बारेमा छलफल तथा अन्तरक्रिया भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : २९ बजे

संसदमा नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहनको मुद्दा किन नलाग्ने ?

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले सरकार निरंकुशतातर्फ उन्मुख

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै

कांग्रेसको प्रश्न : संसद छलेर सरकार किन अध्यादेशको बाटोमा गयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदलाई बेवास्ता

प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु, विपक्षी दलहरूबाट सरकारको विरोध 

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु भएको छ

प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक प्रतिनिधिसभाको राज्य