२८ भदौ २०८३, आइतबार | September 13, 2026

कस्तुरीको बिणा सहित ५ जना बाँके प्रहरीको नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले कस्तुरीको बिणा र जङ्गली जनावरको दाँत सहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहिबार नेपालगन्ज उपमहानगरपालिका १ मा रहेको लौटन थारुको घरबाट कस्तुरीको बिणा र जङ्गली जनावरको दाँत सहित ५ जनालाई पक्राउ गरेको हो ।

बन्यजन्तुको अबैध रुपमा खरिद बिक्रि भई रहेको भन्ने सूचनाको आधारमा स्थानीय लौटन थारुको घर तलासी गर्दा पार्वती थापाको रातो लेडिज ब्याग भित्र खैरो रङ सहितको कस्तुरिको बिणा र जंगलि जनावरको दाँत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले बर्दिया ठाकुरबाबा स्थायी घर भई नेपालगन्जमा बसोबास गर्दै आएका ५२ वर्षिय लौटन थारु, सोही ठाँउका २६ वर्षिय कमल परियार, बढैयातालका २५ वर्षिय पार्वती थापा, सोही ठाँउका ४५ वर्षिय रामशरण थारु र जाजरकोटका २७ वर्षिय धनराज थापालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्ति तथा बरामद गरीएको सामग्रीलाई आवश्यक कारबाहीका लागी जिल्ला वन कार्यालय नेपालगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  १० : ३२ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू