४ भदौ २०८३, बिहिबार | August 20, 2026

राष्ट्रिय महिला लिगमा आज पनि दुई खेल



काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज शनिवार पनि दुई खेल हुँदैछ ।

आज नेपाल आर्मी क्लब र वालिङ नगरपालिका तथा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिष्पर्धा हुन लागेको हो ।

आर्मी र वालिङ नगरपालिकाबीचको खेल दिउँसो १२ बजे सुरु हुनेछ भने हुने विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ ।

यसअघि हिजो भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको थियो । जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अङ्क बराबरी गरेको छ ।

१४ अङ्क जोडेको पुलिस गोल अन्तरको आधारमा चौंथो स्थानमा छ भने चन्द्रपुर ६ अङ्कसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अङ्क छ, भने आर्मी २२ अङ्कसहित दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ७ : ३५ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक