१६ बैशाख २०८१, आइतबार | April 29, 2024

आज जनयुद्ध दिवस, नेकपा प्रचण्ड–नेपाल पक्ष लगाएत सबै पूर्वमाओवादीहरुले देशभर जनयुद्ध दिवस मनाउँदै



काठमाडौं । आज २६ औं जनयुद्ध दिवस, नेकपा प्रचण्ड–नेपाल पक्षले आज शनिवार देशभर जनयुद्ध दिवस मनाउँदैछ ।

जनयुद्ध दिवसको अवसरमा आज बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरणमा आज जनयुद्ध दिवस मनाउन लागिएको नेकपा प्रचण्ड–नेपाल पक्षले जनाएको छ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने भएका छन भने अर्का अध्यक्ष माधव नेपाल काठमाडौ बाहिर रहेकोले जिल्लाकै कार्यक्रममा सहभागी हुने नेकपा स्रोतले जनाएको छ ।

नेकपा प्रचण्ड–नेपाल पक्षले सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न यसअघि नै सर्कुलर गरेको छ ।

यस्तै अन्य पूर्वमाओवादीहरुले पनि विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउदैछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : १९ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क