९ चैत्र २०८२, सोमबार | March 23, 2026

गायिका अन्जु पन्तले गरिन् दोस्रो पटक विवाह



काठमाडौं । चर्चित गायिका अन्जु पन्त दोस्रो पटक वैवाहिक जीवनमा बाँधिएकी छिन् । गायिका पन्तको आज एक समारोहका बीच थिर कोईरालासँग विवाह भएको छ । उनीहरुको पाटन स्थित एक क्रिस्चियन धर्मालम्बिहरुको धार्मिक स्थल चर्चमा विवाह भएको हो । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा रहेपनि उनीहरुले सम्बन्धलाई गोप्य राखेका थिए । गायिका अन्जु पन्तले केही समय अगाडि एउटा टेलिभिजन अन्तरवार्तामा बिहे गर्ने बिषयमा छोरीबाट दवाब आएको र विवाह गर्ने कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया दिएकी थिइन् ।

अन्जु र थिर दुबै जना क्रिश्चियन धर्ममा लागेका पुर्व हिन्दु परिवारका भएकाले क्रिस्चियन परम्परा अनुसार चर्चमा विवाह गरेको बताईएको छ । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।

गायिका पन्तको गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । टेलिभिजन अन्तवार्तामा अन्जुले छोरी परितोशिकाकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् । मनोजसँगको डिभोर्स पछि अन्जु छोरीसँगै बस्दै आएकी थिईन् ।अन्जुको सफल दाम्पत्य जिवनका लागि खबरकुरा टिमको पनि शुभकामना  !!

फोटो सौजन्य : नेपालगन्ज ग्यालरी एडमिन

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ५३ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी