१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बजारमा आवास ग्रुपको स्क्रु, नटबोल्ट



बुटवल । आवास ग्रुप अन्तरगतको नेपालकै एकमात्र उद्योग मिराज इन्डष्ट्रि प्रालिले बजारको माग अनुसार आल्मुनियम फेब्रिकेशन, जिप्सन बोर्ड, सवारी साधन, निर्माण कार्य लगायतमा अतिआवश्यक पर्ने स्कु, नटबोल्टहरु उत्पादन शुरु गरेको छ ।

रुपन्देहीको तिलोत्तमा-१७ मा स्थित एक वर्षमा उद्योग निर्माण र आवश्यक मेशिन जडान गरि मिराजले उत्पादन शुरु गरेको हो ।

नेपाली बजारमा निर्माण, आल्मुनियम जिप्सन, सवारी साधन लगायतमा अति आवश्यक पर्ने स्क्रु, नटबोल्ट स्वदेशमा नै उत्पादन शुरु गरेको ग्रुपका म्यानेजिङ डाईरेक्टर महेश थैवले बताए ।

विदेश बजारमा निर्भर रहेको स्क्रु, नटबोल्ट स्वदेशमा नै उत्पादन शुरु गरेको उनले बताए । ‘ठुलो परिमाणमा स्क्रु र नटबोल्ट विदेशबाट आयात हुदै आएको छ ।’-उनले भने । विशेष गरि भारत र चीनको बजारमा निर्भर रहेको नेपालमा अब स्वदेशी उद्योगबाट उत्पादन भएको सामग्री उपलब्ध हुने उनले बताए । ‘यो नेपालमै पहिलो उद्योग हो ।’-उनले भने । उत्पादनका हिसाबमा धेरै मिहिन तर बजारमा धेरै माग रहेकाले आफुहरु स्वदेशमा नै उत्पादन गर्ने लक्ष्यसहित विदेशबाट अटोमेटिक मेशिनहरु झिकाएर उत्पादन गरेको उनले बताए ।

कच्चा पदार्थमा भने विदेशमै भर पर्नुपर्ने बाध्यता रहेको उनले बताए । स्क्रु र नटबोल्ट गरि उद्योगमा दैनिक एक हजार किलो उत्पादन क्षमता रहेको ग्रुपका म्यानेजिङ डाईरेक्टर महेश थैवले बताए ।

उद्योगमा १० करोड रुपैया लगानी रहेको छ । उद्योगमा दक्ष तथा अदक्ष गरि ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन । आवास ग्रुपको हाल १४ वटा विभिन्न उद्योगहरु संचालनमा रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : १२ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको