११ कार्तिक २०८३, बुधबार | October 28, 2026

मुग्लिन-नारायणगढ सडक खण्डमा पन्ध्र नयाँ पुल निर्माण सुरु



चितवन । मुग्लिन-नारायणगढ सडक खण्डमा १५ वटा नयाँ पुल निर्माणको काम शुरू भएको छ ।

यो सडक खण्ड दुई वर्षअघि मात्र चौडा पारिएको थियो । सडक फराकिलो हुने तर पुल भने पुरानै साँघुरो अवस्थामा हुँदा सवारीसाधनको जाम नहटेपछि दुईवटा प्याकेजमा १५ वटा पुल निर्माण कार्य शुरू भएको हो ।

पहिलो प्याकेजमा मुग्लिनदेखि सिमलतालसम्म सातवटा र दोस्रो प्याकेजमा सिमलतालदेखि जुगेडीसम्म आठवटा पुल निर्माण शुरू भएको मुग्लिन-नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी सविना रानाभाटले जानकारी दिए । दोस्रो प्याकेजका आठवटै पुलको डिजाइन स्वीकृत भइसकेको छ । आठवटामध्ये छवटा पुलको निर्माण काम शुरू भइसकेको उनले बताए । ‘‘पहिलो प्याकेजका धेरै पुलको डिजाइन स्वीकृत हुन बाँकी छ’, उनले भने , ‘यी पुलहरू ठेक्का परिसकेपछि ठेकेदार आफैँले डिजाइन गर्छ, विभागबाट स्वीकृत भएपछि मात्रै ठेकेदारले काम शुरू गर्छ ।’

पहिलो प्याकेजअन्तर्गतका पुलहरूको डिजाइन स्वीकृत हुने क्रममा रहेको उनले बताए । पहिलो प्याकेजका पुल निर्माण गर्न करिब ६८ करोड रुपियाँ र दोस्रो प्याकेजका पुल निर्माण गर्न ५९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । दुईवटै प्याकेजका पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सन कम्पनीले पाएको छ । पुल निर्माण गर्न ठेकेदार कम्पनीसँग २०७६ चैत १० गते सम्झौता भएको हो ।

‘सम्झौता भइसकेपछि लकडाउन शुरू भयो’, उनले भने , ‘२०७७ असारसम्म त कम्पनीले सर्भे गर्न पनि पाएनन् । अहिलेचाहिँ काम धमाधम भएको छ ।’ नारायणगढ-मुग्लिन सडकमा पुराना पुलको चौडाइ छदेखि सात मिटरमात्रै रहेको छ । अब बन्ने पुलको चौडाइ नौदेखि ११ मिटरसम्म हुने रानाभाटले जानकारी दिए । ‘दोस्रो प्याकेजका लगभग सबै पुलको चौडाइ ११ मिटर हुन्छ ।

पहिलो प्याकेजको चाहिँ ठाउँ हेरेर कुनै पुलको नौ मिटर पनि हुनसक्छ’, उनले भने । यसअघि ठेक्कामार्फत नारायणगढ-मुग्लिन सडकमा पर्ने चारवटा पुल निर्माण भएका छन् । खानी खोला, दासढुङ्गा र मौरीखोला पुल निर्माण सम्पन्न भइसकेका छन् ।

जलविरेको पुल अन्तिम चरणमा रहेको र यो पुलको डिजाइन परिवर्तन गर्नु परेकाले केही ढिला भएको उनले जानकारी दिए । अहिले यसको भौतिक प्रगति ९५ प्रतिशतभन्दा बढी छ । जलविरेको पुल निर्माण भएपछि करिब तीन सय मिटर बाटो छोटो हुने बताइएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ७ : ०७ बजे

आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको

भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : म्याग्दीका पूर्व संविधानसभा सदस्य श्रीसको नयाँ यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला

भारतीय फूलको आयात रोक्न झापाका किसानको माग

झापा । व्यावसायिक फूलखेती गर्दै आएका झापाका किसानले भारतीय सयपत्री

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका