५ पुस २०८२, शनिबार | December 20, 2025

देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य



भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताए ।

उनले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सबै विपक्षी दलहरुलाई एक ठाउँमा ल्याएर नयाँ सरकार बनाउनुपर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट तत्काल विश्वासको मत लिनु पर्ने उल्लेख गर्दै देशको अवस्था बिग्रनुमा प्रधानमन्त्री ओलीको मात्र दोष नभएर माधव नेपाल र प्रचण्ड पनि दोषी रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विगतमा जस्तै कांग्रेसले देशलाई निकास दिने बेला आएको बताउँदै शान्ति प्रक्रियामा कोइरालाले पुर्याएको योगदानको चर्चा गरे ।

पूर्वसांसद लेखनाथ न्यौपाने, जिपी फाउन्डेसन भक्तपुरका संयोजक विदुरमान सिंह बस्नेतलगायतले स्व कोइरालाले शान्ति, सहमति, एकता र सहकार्यको सिद्धान्तमार्फत देशलाई निकास दिएको र उनको यो कार्यशैली अहिले पनि अनुकरणीय रहेको चर्चा गरे । रासस

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : १७ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले