११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

होली पर्व नजिकिदै गर्दा गायिका मञ्जु पौडेलले ल्याईन नाच्ने गीत ‘पर्व होली’



बुटवल । तराई र पहाडमा अलग अलग दिनमा मनाईने फागू पर्व अर्थात होली पर्व नजिकिँदै छ । यस बर्षको होली पहाडमा १५ गते र तराईमा १६ गते मनाईदैछ । होलीमा साथीभाई परिवार मिलेर एकापसमा रमाईलो गरेर मनाउने प्रचलन छ । होलीलाई पनि छुट्टै रौनकताका साथ हेर्ने गरिन्छ । नेपाल सस्कृतिले भरिपूर्ण देश पनि हो ।

पर्व अनुसारको आ आफ्नै मौलिक गीतहरु पनि हुन्छन् । गीतहरु भनिसकेपछि कलाकार अवश्य आउने नाम हो । कोरोनाको कहर नहुदासम्म धुमधामसंग मनाईने यो पर्व कोरोनाका कारण अहिले त्यति चहलपहल देखिएको थिएन गत बर्ष । अघिल्ला वर्षहरुमा मञ्जुलाई कार्यक्रमको लागि समय मिलाउन भ्याईनभ्याई हुन्थ्यो । तर यसपालि भने मञ्जुलाई भने केहि आराम मिलेको छ । यस बर्षको होलिकों लागी टेलिभिजनका होली कार्यक्रमका लागि निम्तो आईसकेको छ । मञ्जु त्यतै ब्यस्त हुने उनले बताईन ।

कोरोना महामारीको बेला सबैजना तनाब भैरहेको बेलामा अलिकति भए पनि सहज वातावरणमा फर्काउन सहयोग पुगोस भनेर गायिका एवं चर्चित उद्घोषिका मञ्जु पौडेल र निरज श्रेष्ठको सहकार्यमा नाच्न मिल्ने गीत ‘पर्व होली’ गायिका पौडेलको आफ्नै युट्युब च्यानलमार्फत गीत बजारमा आएको छ । खबरकुरा अनलाईन संग कुराकानीका क्रममा गायिका पौडेलले भनिन ‘प्रायः स्टेजमा नाच्ने किसिमको गीत डिमाण्ड हुन्छ होली पनि हाम्रो मौलिक सस्कृति हो सबैले होलीको पनि गीत बनाउनु पर्यो भनेर माग आयो त्यहि भएर निकालेकी हु, दर्शक श्रोताले माया दिनुभएको छ खुशी छु म’ गायिका पौडेलले भनिन । गीतमा मञ्जु पौडेलको स्वर शब्द छ भने निरज श्रेष्ठको संगीत स्वर अनि एरेन्ज रहेको छ ।

गीतमा स्नेहा पौडेल, प्रज्वल सुरज गिरि, अनुष्का अधिकारि र अर्शु महर्जनले फिचारिंग गरेका छन । गीतलाई छायंकन अनि निर्देशन दुर्गा पौडेलले गरेका छन । नृत्य निर्देशन राजाराम सिमखडाले गरेका छन । भिडियोमा सम्पादन नबिन घर्ति मगरले गरेका हुन ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : ५३ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र