३ पुस २०८२, बिहिबार | December 18, 2025

आज प्रधानमन्त्रीद्धारा १६५ वटा सडकको शिलान्यास हुदैं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन ।

एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक(एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट आज बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

‘डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गर्न लागिएको हो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने छ’, बजगाईंले भने ।

सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : ०६ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,