७ चैत्र २०८२, शनिबार | March 21, 2026

तिनाउका टिप्पर व्यवसायीद्धारा क्रिकेट रङ्गशालालाई ५० टिप्पर निर्माण सामग्री सहयोग



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ का टिप्पर व्यवसायीहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन पचास टिप्पर निर्माण सामग्री निःशुल्क सहयोग गरेका छन ।

व्यवसायीहरुले धुर्मुस-सुन्तली फाउण्डेशनले जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्माणाधीन रङ्गशालालाई पचास टिप्पर निर्माण सामग्री निःशुल्क सहयोग गरेका हुन् ।

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि सहयोगको गर्न रङ्गशाला स्थलमा ५० टिप्पर निर्माण सामाग्री लिएर त्यहा पुगेको कार्यक्रमका संयोजक तथा तमन्ना मल्टिप्रपोज प्रा।लिका कार्यकारि प्रमुख तोया लम्सालले बताए ।

रङ्गशाला निर्माणका लागि सहयोग संकलन गर्न गत चैत १० गतेदेखि मेची महाकाली अभियानमा निस्किएको धुर्मुस-सुन्तलीसहितको टोलिलाई तिनाउ क्षेत्रमा स्वागत गर्दै सिद्धबाबा मन्दिर लगायत तिनाउबासीहरुले संकलन गरेको नगद १ लाख बढी सहयोग हस्तान्तरण गरिसकेको लम्सालले बताए ।

‘तिनाउ क्षेत्रबाट एक टिप्पर निर्माण सामग्री खरिद गरेर रङ्गशालामा पु¥याउँदा करिब ३० हजार रुपैँया खर्च आउँछ ।’ उनले भने । साथै उनले जनस्तरबाट बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।

रङ्गशाला निर्माण सम्पन्न गर्न करिब तीन अर्ब लाग्ने अनुमान गरिएको छ । हाल रङ्गशालाको मैदान र प्यारापिटको काम भइरहेको छ । गत साउन १ गतेदेखि संरचनाको काम शुरु गरिएको रङ्गशाला एक वर्ष छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भरतपुर महानगरपालिका-१५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : १८ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका