१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । कोरोना संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको हो ।

संक्रमणबाट कपिलवस्तु बाणगंगा नगरपालिका-३ का ७९ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा-१ की ७१ वर्षीया महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार गत चैत २७ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका पुरुषको आज बिहान ७:१४ बजे मृत्यु भएको हो भने चैत २३ गते भर्ना भएकी तिलोत्तमाकी महिलाको बिहान ७ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

दुवै जनामा निमोनियाको समस्या रहेको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : २८ बजे

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे