१ पुस २०८२, मंगलबार | December 16, 2025

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । कोरोना संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको हो ।

संक्रमणबाट कपिलवस्तु बाणगंगा नगरपालिका-३ का ७९ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा-१ की ७१ वर्षीया महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार गत चैत २७ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका पुरुषको आज बिहान ७:१४ बजे मृत्यु भएको हो भने चैत २३ गते भर्ना भएकी तिलोत्तमाकी महिलाको बिहान ७ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

दुवै जनामा निमोनियाको समस्या रहेको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : २८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा