२३ बैशाख २०८३, बुधबार | May 7, 2026

सिराहाका सुनचाँदी व्यवसायीको हत्यामा संलग्नलाई कारवाही गर्न रुपन्देही सुनचाँदी व्यवसायी संघको माग



भैरहवा । सिराहाको लहान नगरपालिका-२३ गडिया चोकमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका प्रदिप विश्वकर्माको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न रुपन्देही सुनचाँदी व्यवसायी संघ, रुपन्देहीले माग गरेको छ ।

अमिता ज्वेलर्स सञ्चालन गदैै आएका विश्वकर्माको २०७७ चैत २८ गते शनिबार राती लुटेरा समूहबाट गोली हानी हत्या भएको घटनाले संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

घटनामा संलग्न दोषीहरुलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कारवाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै संघले ज्ञापनपत्र बुझाएको छ ।

शान्ति सुरक्षा तथा व्यवसायिक सुरक्षालाई तुस्त बनाइ हरेक व्यवसायीलाई निर्भयताका साथ संचालन हुने वातावरण बनाउन माग गर्दै शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष राम किसन विश्वकर्माले बताए ।

बहुमूल्य धातु तथा पथ्थरको कारोबार हुने सुनचाँदी व्यवसायीको निम्ति सुरक्षा व्यवस्था महत्वपूर्ण हुने भएकोले सुरक्षा व्यवस्था कमजोर हुँदा व्यवसायीहरु ढुक्कसंग व्यवसाय सञ्चालन गर्ने अवस्था नरहने विश्वकर्माले बताए ।

‘लुटेराहरुले प्रदिप विश्वकर्माको श्रीमती अमिता विश्वकर्मालाई समेत कुटपिट गरी अशक्त घाइते बनाइ गरगहनाका साथ नगद समेत लुटेर लगेका छन्, यो घटनाले हामी समस्त सुन व्यवसायीहरुलाई असुरक्षित, त्रसित र भयभित बनाएको छ, मुलुकको सुरक्षा व्यवस्थाप्रति उत्पन्न भएको छ, ’ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका विज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेञ्चुरीले सुनचाँदी व्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले यस क्षेत्रमा सुनचाँदी पसलमा चोरीका घटना भए पनि चोरीमा संलग्न दोषीहरु हालसम्म पनि पक्राउ नपरेको बताए ।

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सुनचाँदी व्यवसायी संघको माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । उनले आगामी दिनमा घटना दोहोरिन नदिन सुरक्षा निकाय र व्यवसायी सचेत हुनुपर्ने बताए ।

व्यवसायीहरुले आफ्ना प्रतिष्ठानमा जडान गरेका सीसीटिभी क्यामेरा ठीक अवस्थामा छन् कि छैनन् बेलाबेलामा ख्याल राख्नुपर्छ, सुरक्षा निकायलाई पनि सुनचाँदी पसल निगरानी गर्न प्रशासन कार्यालयबाट आवश्यक निर्देशन दिइन्छ, ’प्रजिअ तामाङले भने ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ४ : ५५ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा