४ आश्विन २०८३, आइतबार | September 20, 2026

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित भएका शहरी क्षेत्रका विद्यालयहरु बैशाख भर बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्दै वैकल्पिक रुपमा पठनपाठन गराउन सिफारिस गरेको थियो ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

आजको बैठकले कोभिड-१९ सम्बन्धी नयाँ आदेश जारी गरेको स्रोतले जनाएको छ । नेपालमा कोरोना संक्रमण रोकथामका लागि के गर्ने भन्ने विषयमा छलफल गर्न आजको मन्त्रिपरिषद्को बैठक बसेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले काठमाडौं उपत्यकासहित चितवन, रुपन्देही, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई कोरोना अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : ५५ बजे

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली