११ माघ २०८२, आइतबार | January 25, 2026

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गते



पोखरा । गण्डकी प्रदेशको विशेष अधिवेशन वैशाख १३ गते आह्वान भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गते दिउँसो २ बजे विशेष अधिवेशन आह्वान गरेका हुन् ।

सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने निश्चित भएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यही वैशाख १ गते मध्यराति चालु हिउँदे अधिवेशन अन्त्य गरेका थिए । लगत्तै वैशाख २ गते प्रतिपक्षी दलहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने प्रदेश प्रमुखलाई विशेष अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए ।

प्रदेश संसदमा रहेका कुल सदस्यसंख्याको एक चौथाई सदस्यले विशेष अधिवेशनको माग गरेमा प्रदेश प्रमुखले सो अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेका हुन्।

अधिवेशन आह्वान भएसँगै गण्डकी प्रदेशमा पनि सरकार परिवर्तनको खेल सुरु भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गर्दै कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् ।

संसदमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरे पनि प्रस्तावलाई समर्थन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । यद्यपी, मुख्यमन्त्री गुरुङले भने आफ्नो सरकार टिकाउने प्रयास भने जारी राखेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ४१ बजे

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन

राष्ट्रिय झन्डाको दुरुपयोग गरे कारवाही गर्ने गृहको चेतावनी 

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च