१२ माघ २०८२, सोमबार | January 26, 2026

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, अविश्वासको प्रस्ताव टेबल हुने



काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । प्रतिपक्षी दलहरुको निवेदनमा प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेअनुसार विशेष अधिवेशन आज दिउँसो २ बजे बस्न लागेको हो ।

अधिवेशनको पहिलो बैठकमै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेभएको छ ।

हिजो आइतबार सबेको कार्यव्यवस्था परामर्श समिति बैठकको कार्यसूचीअनुसार बैठकको सुरुमै प्रतिपक्षी दलहरुद्वारा मुख्यमन्त्रीमा प्रस्तावित नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सम्बोधन गर्नेछन् ।

त्यसपछि सबैदलका नेताहरुले बोल्ने कार्यसूचि रहेको छ । आफु विरुद्धको अविश्वासको प्रस्ताव विरुद्ध मुख्यमन्त्री गुरुङले भोलि जवाफ दिनेछन् । त्यसपछि अविश्वास प्रस्तावलाई निर्णायार्थ पेश गरिनेछ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावको सामना गर्नुपर्ने भयले मुख्यमन्त्री गुरुङले प्रदेशसभको हिउँदे अधिवेशन एकाएक अन्त्य गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पारित हुन ३१ मत आवश्यक पर्छ । अविश्वासको प्रस्तावमा सही नगरेपनि निर्णायक मत भएको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव पारित गर्न सघाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ११ बजे

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३

बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत

रुपन्देही । रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना