२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

सडकमा खटिएका सुरक्षाकर्मीलाई मास्क तथा सेनेटाईजर वितरण



बुटवल । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि फ्रन्टलाईनमा रहेर विभिन्न क्षेत्रमा काम गर्ने समुह तथा व्यक्तिहरुलाई सामाजिक तथा व्यवसायीक संघसंस्थाहरुबाट निशुल्क रुपमा स्वाश्थ्य सामाग्री प्रदान गर्ने गरिएको छ ।

यसैक्रममा यातायात क्षेत्रको संस्था ढुवानी व्यवसायी समिति, रुपन्देहीले बुटवल उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण प्रहरीका इकाईहरु तथा सडकमा खटिएका सुरक्षाकर्मींहरुलाई निशुल्क माक्स तथा सेनेटाईजर दिएको छ ।

समितिले मंगलबार प्रदेश ट्राफिक कार्यालय, बुटवल इलाका प्रहरी कार्यालय, रामनगर प्रहरी चौकी तथा योगीकुटी, देवीनगर, राजमार्ग चौराहा, ट्राफिकचोक, गोलपार्क, अमरपथमा रहेका अस्थाई प्रहरी पोस्ट तथा सामुदायिक प्रहरी विटमा मास्क तथा सेनीटाईजर वितरण गरेको छ ।

समितिका अध्यक्ष श्यामराज हमाल, वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ तथा महासचिव विष्णु गैरे सहितको टोलीले सबै स्थानमा प्रत्यक्ष उपश्थित भएर साचे सामाग्री हस्तान्तरण गरेको हो ।

त्यस अवसरमा समितिका अध्यक्ष हमालले यातायात व्यवसायीको काम गाडी गुडाउने र माल बोल्ने भएतापनि अहिले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ को अवस्थामा अग्रभागमा रहेर आफ्नो निष्ठा र कर्तव्य पालना गर्ने प्रहरीहरुको जिवनरक्षाका लागि सानो सहयोग गरिएको बताए ।

अध्यक्ष हमालले माहामारीका बेला हामी सबै सचेत हुनु पर्ने कुरामा जोड दिदै शान्ति सुरक्षामा खटिने क्रममा आउने समस्यालाई सरल तरिकाले सम्बोधन गर्न र सुरक्षित भएर काम गर्न आग्रह गरे ।

त्यस अवसरमा सामाग्री ग्रहण गर्दै विभिन्न क्षेत्रमा कार्यरत प्रहरीहरुले ढुवानी व्यवसायी समिति रुपन्देहीले यस्तो कार्य गरेकोमा खुसि ब्यक्त गर्दै सम्पूर्ण आम नागरिकलाई बिना माक्स बिना काम हिडडुल नगर्न आग्रह गरेका थिए ।

समितिले विभिन्न क्षेत्रमा मंगलबार करिव १५ हजार मुल्य बराबरको ५ हजार मास्क तथा १५ लिटर सेनिटाइजर वितरण गरेको महासचिव रामप्रसाद गैरेले बताए ।

त्यसक्रममा टोलीले सडकमा डिउटीमा खटिएका सुरक्षाकर्मीहरुलाई पनि सामाग्री वितरण गरिएको वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिदै आगामी दिनमा पनि आवश्यक्ता अनुसार यस प्रकारको सहयोग गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : ३० बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन