३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त, सपथग्रहणको तयारी



पोखरा । विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री बनेका छन् ।

यसअघि दुई तिहाई बहुमतको मुख्यमन्त्री बनेका गुरुङ अहिले भने अल्पमतको दलको मुख्यमन्त्री बनेका हुन् । अपरान्ह ४ बजेअघि विपक्षी चार दलले गठबन्धनको दाबी सहित प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गरेपनि जनमोर्चाभित्रको विवादका कारण प्रदेश प्रमुखले त्यो दाबीलाई अस्वीकार गरेकी छिन् ।

प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभाको ठूलो दल एमाले संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरिसकेकी छिन् ।
अहिले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री गुरुङको सपथग्रहणको तयारी भैरहेको छ ।

गुरुङले यही वैशाख २६ गते पदबाट राजीनामा दिएका थिए । संविधानको धारा १६८ को उपधारा ३ अनुसार संसदमा ठूलो दलको हैसियतले सरकार बनाउन लागेका गुरुङले एकमहिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

 

 

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ५ : ५४ बजे

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला