२० मंसिर २०८२, शनिबार | December 6, 2025

गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त, सपथग्रहणको तयारी



पोखरा । विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री बनेका छन् ।

यसअघि दुई तिहाई बहुमतको मुख्यमन्त्री बनेका गुरुङ अहिले भने अल्पमतको दलको मुख्यमन्त्री बनेका हुन् । अपरान्ह ४ बजेअघि विपक्षी चार दलले गठबन्धनको दाबी सहित प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गरेपनि जनमोर्चाभित्रको विवादका कारण प्रदेश प्रमुखले त्यो दाबीलाई अस्वीकार गरेकी छिन् ।

प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभाको ठूलो दल एमाले संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरिसकेकी छिन् ।
अहिले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री गुरुङको सपथग्रहणको तयारी भैरहेको छ ।

गुरुङले यही वैशाख २६ गते पदबाट राजीनामा दिएका थिए । संविधानको धारा १६८ को उपधारा ३ अनुसार संसदमा ठूलो दलको हैसियतले सरकार बनाउन लागेका गुरुङले एकमहिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

 

 

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ५ : ५४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय