२० मंसिर २०८२, शनिबार | December 6, 2025

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दोस्रो पटक लिए पद तथा गोपनीयताको सपथ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दोस्रो पटक पद तथा गोपनीयताको सपथ खाएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त गरी बुधबार साँझ आफ्नै निवासमा उनलाई सपथ खुवाएकी हुन् ।

अहिले निवास वरपर कडा सुरक्षा व्यवस्था गरिएको छ । मुख्यमन्त्री अहिले कोभिड संक्रमित भएका कारण सपथग्रहणमा निकै कम मात्रलाई बस्न दिइएको छ । पत्रकार सबै गेटबाहिर उभिएका छन् ।

गण्डकी प्रदेशमा सरकार गठनका लागि कांग्रेससहितको गठबन्धनले गरेको दाबीका बाबजुद ठूलो दलको हैसियतले पृथ्वीसुब्बा गुरुङले अवसर पाएका हुन् ।

गुरुङले यही वैशाख २६ गते पदबाट राजीनामा दिएका थिए । संविधानको धारा १६८ को उपधारा ३ अनुसार संसदमा ठूलो दलको हैसियतले सरकार बनाउन लागेका गुरुङले एकमहिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ३७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय