४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेको कोहलपुरमा बाबुले गरे छोराको हत्या



नेपालगन्ज । बाँकेको कोहलपुरमा बाबुले छोराको हत्या गरेका छन् । कोहलपुर १२ चप्परगौडिका आज करिव ९ बजेको समयमा बाबुले छोरोलाई घरेलु हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । चप्परगौडी बस्दै आएका ठाकुर प्रसाद ओलीले अन्दाजी १८ बर्षका आफ्नै छोरा पोषण ओलीको बुधबार राति हत्या गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले बताएका छन् ।

घरमा नहुाईरहेका बेला खसी काट्ने घरेलु हतियारले पछाडिबाट हानेर छोराको हत्या गरेको स्थानीयले बताएका छन् । खसी काट्ने दापले प्रहार गरेपछि गम्भीर घाईते भएका छोरोलाई भेरी अस्पताल नेपालगन्ज पु¥याए लगत्तै अस्पतालले मृत घोषणा गरिदिएको थियो ।

घरयासी झगडाका कारण हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । हत्या गर्ने बाबू ठाकुर ओलीलाई कोहलपुर प्रहरीले घरबाटै नियन्त्रणमा पक्राउ गरेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ११ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको