२० मंसिर २०८२, शनिबार | December 6, 2025

गण्डकीका मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने



पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री गुरुङले आज प्रदेशसभालाई पत्र पठाउँदै यही जेठ २७ गते विश्वासको मत लिने जानकारी गराएका छन् ।

गत वैशाख २९ गते संसदमा ठूलो दलको हैसियतमा गुरुङले मुख्यमन्त्रीमा पुनः नियुक्ति पाएका थिए । नियुक्तिको ३० दिनभित्र संसदमा अनिवार्य रुपमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत भने अहिलेसम्मको राजनीतिक समिकरण अनुसार पाउने अवस्था देखिँदैन । गुरुङले विश्वासको मत प्राप्त गर्न ३१ जना सांसदको मत पाउनुपर्छ । गुरुङको पार्टी एमालेसँग जम्मा २७ मत रहेको छ भने एक जना स्वतन्त्र सांसदको समेत गुरुङलाई समर्थन रहेको छ । राष्ट्रिय जनमोर्चाबाट निस्काशित सांसद कृष्ण थापालाई अदालतले थमौती गरेपछि अब थापाले पनि गुरुङलाई नै समर्थन गर्ने अनुमान गरिएको छ । त्यति गर्दा पनि उनले विश्वासको मत प्राप्त गर्न सक्दैनन् ।

तर अर्कोतिर कृष्ण थापाको पद थमौती भएसँगै विपक्षी गठबन्धनले समेत बहुमत पुर्याउन नसक्ने भएको छ । कांग्रेस, माओवादी केन्द्र, जनतासमाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनसँग पनि बहुमत छैन । यो गठबन्धनसँग ३० मत मात्र रहेको छ ।

मुख्यमन्त्रीले विश्वासको मत हासिल गर्न नसक्ने र विपक्षीले पनि नयाँ सरकार बनाउन नसक्ने अवस्था आएपछि गण्डकी प्रदेशसभा मध्यावधि निर्वाचनमा जानसक्ने संभावना बलियो बनेको छ । यद्यपी, विपक्षी गठबन्धनले अझै पनि ३१ मत प्राप्त गर्नसक्ने सम्भावनाबारे छलफल जारी राखेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ४ : ३८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले