२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, साँझ ६ बजे सपथ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा २८ घण्टाभित्र नियुक्त गर्न सोमबार परमादेश दिएपछि राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् ।

भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै राष्ट्रपति कार्यालयले सपथ ग्रहणको साइत हेराउन लागेको छ । साइत जुरे लगत्तै आजै देउवाको सपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

देउवाले आजै माओवादी केन्द्रलाई समेत मिलाएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । यसका लागि देउवा निवासमा माओवादी अध्यक्ष प्रचण्ड र देउवाबीच छलफल भएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : १५ बजे

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा