२४ असार २०८३, बुधबार | July 8, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट ३९ बेडको सुविधा सम्पन्न क्याविन सेवा



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजबाट ३९ बेडको सुबिधा सम्पन्न क्याविन सेवा थप गरिएको छ । अस्पताल विकास समितिले अस्पताकै श्रोतबाट निर्माण गरेको भवनमा बुधबारदेखि औपचारिक रुपमा सेवा दिन शुरु गरिएको छ ।

४५ कोठा रहेको भवनमा सेवाग्राहीका लागि ३९ वटा बेड छुट्याईएको र बाँकी ६ वटा क्षविनमा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि सेवा थप गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र खनालले जानकारी दिए । सुबिधा सम्पन्न क्यउाविन नभएका कारण निजी अस्पतालमा उपचार सेवा लिने गरेका विरामीहरु पनि अव प्रादेशिक अस्पतालबाट सेवा लिन सक्ने डा. खनालले बताए ।

३ करोड ९९ लाखमा निर्माण भएको भवनमा क्याविन सेवाको अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले उदघाटन गरेका थिए । उनले उद्घाटन कार्यक्रममा बोल्दै अस्पतालमा विशिष्ट सुविधासहितको सेवामा नयाँ आयाम थपिएको उल्लेख गरे ।

थप गरिएको क्याविन सेवामा न्यूनतम १ हजार ५ सयदेखि ४ हजारसम्मका विभिन्न स्तरका सेवासहितको बेड उपलब्ध रहेको अस्पतालले जनाएको छ । क्यविन सेवामा एसी डिलक्स, एट्याच ट्वाइलेट बाथरुप लगायतका सेवाहरु रहेका छन् ।

यस अघि अस्पतालले १४ क्याविन सहित ३०० बेडबाट सेवा दिँदै आएको थियो । लुम्बिनी अस्पतालमा २० वटा आईसीयू कोरोना संक्रमितलाई छुट्याइृएको छ भने बाँकी संरचनामा नन कोभिड बिरामीहरुको उपचार चलिरहेको छ । नयाँ संरचनामा बेड र क्याविन थपिएसँगै अस्पतालको क्षमता ३७५ वेड पुगेको छ । अस्पतालमा दैनिक हजार बढी सेवाग्राहीले सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ५ : ५८ बजे

स्थानीयतहका पदाधिकारी/सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।